Logo

शक्तिको स्रोत के हो



-म चाहन्छु मेरा बच्चाहरु म भन्दा सयौ गुणा बाठा बनुन्, प्रत्येकमा एक महान शक्ति बन्नुपर्छ । म भन्छु बनाउनुपर्छ । सधै आज्ञाकारीताको पालना गर्नुहोस्, लक्ष्यका लागि स्नेह र कार्यलाई मिसनमा रुपान्तरण गर्नहोस् । कुैले पनि तपाइको मार्गबाट तपाईलाई विचलित बनाउन सक्दैन ।

-प्रत्येक कार्यमा तपाइँको सबै शक्ति प्रयोग गर्नुहोस् । यदि तपाई चाहनुहुन्छ भने पहिले आफुलाई पूर्ण स्वतन्त्रता दिनुहोस, त्यसपछि तपाँइले आफुलाई सिमित गर्न सक्नुहुनेछ ।

–तपाई चाहे धनी हुनुहोस् वा गरिव, साधु होस् वा असाधु, आखिर सबै मर्नै पर्छ । यो संसारको नियम नै हो । कसैको पनि शरीर अजम्बरीको छैन र बाँचिरहने पनि छैन । त्यसैले उठ्नुहोस र पूर्ण इमान्दार हुनुहोस् ।

–दिमाग र मुखले एकपछि अर्को जीवनमा भावनाहरु कार्यान्वयन गर्नुपर्दछ । यसमा श्रीरामकृष्णले भनेका थिए –कसैको घरमा कुनै प्रकारको चोरी हुनु हुँदैन । सबै विषयहरुमा व्यावहारिक हुनुपर्छ । व्यक्ति वा समाजको चीजहरुलाई वेवास्ता गरेर उनीहरुले एकाग्र दिमागले उनीहरुको काम गर्न जारी राख्नेछन् ।

–वीरतासंग अगाडि बढ्नुहोस् । एक दिन वा एक वर्षमा पूर्ण अपेक्षा नगर्नुहोस् । दृढ र उच्च आर्दशमा स्थिर रहनुहोस् । स्वार्थ र ईष्र्याबाट जोगिनुहोस् । सत्य मानिसको आज्ञा मान्नुहोस्, तपाईको देशलाई सधैं दृढ राख्नुहोस्, तपाईले विश्वलाई हल्लाउनु हनेछ । याद राख्नुहोस् व्यक्ति र उसको जीवन शक्तिको श्रोत हो ।-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्