Logo

दुई वर्षको अवधिमा शितलहर र जाडोले कठ्यांग्रिएर कसैले ज्यान गुमाउनु परेन् : प्रधानमन्त्री ओली



काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार गठन भएदेखिको यो दुई वर्षको अवधिमा शितलहर र जाडोले कठ्यांग्रिएर कसैले ज्यान गुमाउनु नपरेको दाबी गरेका छन् । सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले हिमालमा जाडो र तराईमा शितलहरले कसैको पनि ज्यान नगएको बताए ।

उनले थपे,“यो सरकार बन्नुअघि तराईमा शितलहर र हिमालमा जाडोले कठ्यांग्रिएर हरेक हिउँदमा दर्जनौं मानिसहरु मर्थे । विगत दुई वर्ष यता जाडो र शितलहरबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन, यो अंक मात्र होइन अनुभूति पनि हो ।” उनले सरकारले जनताले अनुभूत गर्नेगरी काम गरेको दाबी गरेका छन् । राष्टियसभा र उपनिर्वाचनमा जनता सरकारकै पक्षमा पक्षमा देखिएको बताउँदै उनले सरकारको काम जनताले अनुभूत गरेको प्रमाण भएको बताए ।

प्रधानमन्त्री ओलीले अमेरिकी परियोजना एमसिसीलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा पुरा गर्नुपर्ने बताएका छन्। उनले एमसिसीलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गर्नुपर्ने बताए । अमेरिकी सहयोगमा अन्तरदेशिय विद्युत सञ्चादन गर्ने काम अघि बढेपछि देशको अर्थतन्त्रमा सुधार आउँने दाबी गरे । अमेरिकी सरकारको ५५ अर्ब र नेपाल सरकारको १४ अर्ब लगानीमा निर्माण हुने आयोजनाले नेपालको आर्थिक वृद्धिदरसँग जोडेर हेर्नुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस्