Logo

चर्चमा प्रार्थना गर्न आएकामाथि छुरा प्रहार



एजेन्सी, ४ फागुन । रुसमा चर्चमाथि प्रार्थना गर्न पुगेकामाथि एक व्यक्तिले छुरा प्रहार गरेका छन् । आइतबार मस्कोको डाउनटाउनको चर्चमा भएको आक्रमणमा दुईजना घाइते भएका छन् ।

रुसी समाचार संस्था तासलाई उदृत गर्दै आन्तरिक मन्त्रालयका प्रवक्ता इरिना भोल्कले घटनाका अभियुक्तलाई पक्राउ गरिएको जनाएका छन् । पक्राउ परेका व्यक्ति २६ वर्षीय पुरुष हुन् । घटनाका घाइतेउपचार भइरहेको जनाइएको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्