Logo

नेपाल प्रहरीमा ‘चार भाई’को एकता



काठमाडौं, फागुन ६ । नेपाल प्रहरीमा बेला –बेलामा गजबको गठबन्धन देखिने गरेको छ । अहिले पनि प्रहरीको नेतृत्वमा एउटा फरक खालको गठबन्धन बनेको छ ।आफूहरुको ब्याज नै बर्बाद हुने अवस्था आएपछि चार सिनियर डीआईजीबीच एकता भएको हो ।

प्रहरीको ९१ औं टोलीका डिआइजीहरु शैलेश थापा क्षेत्री, हरि पाल, नीरज शाही र प्रद्युम्न कार्कीले गठबन्धन बनाएका छन् । अस्वस्थ चलखेल नभएमा ठाकुर ज्ञवालीपछि उनीहरु चारमध्येबाट एक आईजीपी हुनेछन् ।

तर, जुनियर ब्याचबाट अस्वभाविकरुपमा उदाएका विश्वराज पोखरेल अहिले नै एआईजी भएर असारपछि आईजीपी हुने खेलमा लागेपछि उनलाई रोक्न चार डीआईजीले एकता गरेका हुन् ।

आफ्नो जो भए पनि हुने तर जुनियर ब्याचबाट ओभरटेक गराएमा त्यो संगठनका लागि गलत हुने भन्दै उनीहरुले गठबन्धन बनाएका हुन्। हालै अनौपचारि बैठक बसेर उनीहरुले यस्तो रणनीति बताएका हुन् । प्रहरीमा बेला–बेला यस्ता गठबन्धन बन्ने गर्छन् ।

प्रहरी इतिहासमै सबैभन्दा धरै राजनीति गर्ने नवराज सिलवार र जयबहादुर चन्द पनि कुनै समय एउटै गठबन्धनमा थिए । उनीहरुको डिआएजि बढुवा सर्वाेच्व अदालतले रोकिदिएपछि उनहरुपनि गठबन्धन नै बनाएर अधि बढेका थिए । तर, आएजिपी बन्ने बेला भने मारामार भएको आजको दृष्टि साप्ताहिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्