काठमाडौं, फागुन ६ । नेपालको व्यवस्थाका विषयमा भारतको नयाँ दिल्लीको भूमिका प्रमुख हुने गरेका तथ्य सतहमा आइरहेको बेला आइतबार त्यहाँ पुगेका पूर्वराजा ज्ञानेन्द्र भ्रमणका विषयलाई विविध कोणबाट हेरिएको छ ।
धार्मिक भ्रमण तथा आफन्त भेटघाटका लागि ज्ञानेन्द्र नयाँ दिल्ली उडेको बताइएपनि उच्च तहमा राजनीतिक र कुटनीतिक भेटको औपचारिक शिलशिला चल्ने अनुमान गरिएको छ । उनले भारतीय संस्थापनको नेतासंग भेट गरी त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसंग वार्ता गर्न सक्ने अनुमान गरिएको छ ।
यो विषयको औपचारिक र स्वतन्त्र पुष्टि गर्ने आधार नभए पनि नेपालमा हिन्दु राष्ट्र राजसंस्थाको स्पेसका विषयमा कुराकानी हुन सक्ने अनुमान लगाउन थालिएको छ । यसै पनि मोदीका खास मानिएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंगको राम्रो सम्बन्ध रहेका ज्ञानेन्द्रले त्यहाँका प्रधानमन्त्रीसंग गोप्य भेट गर्ने अनुमान गरिएको छ ।
तर, कतिपयले भारतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भ्रमणको उच्चस्थरीय तयारी चलिरहेको र प्रधानमन्त्री मोदी त्यसमा व्यस्त रहेका कारण पूर्वराजासंग भेट हुनेको संकोचपूर्ण उत्तर दिएका छन । जनप्रहार साप्ताहिकबाट