Logo

सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजिनामा



काठमाडौं, ९ फागुन । सञ्चारमन्त्री तथा सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजिनामा दिएका छन् । मन्त्री बाँस्कोटाले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको उनको आधिकारिक फेसबुक पेज तथा ट्वीटर हाण्डल मार्फत् सो जानकारी दिएका छन् ।

‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।’ बाँस्कोटाको आधिकारिक फेसबुक तथा ट्वीटर हाण्डलमा उल्लेख छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्