९ फागुन । चीनमा फैलिएको कोरोना भाइरस (कोभिड १९)बाट मूत्यु हुनेको संख्या दुई हजार २ सय पुगेको छ । चीनका हुबई प्रान्तको उहान शहरबाट फैलिएको भाइरसबाट ७६ हजार मानिस संक्रमणमा परेको जनाइएको छ ।
बिहीबार मात्र कोरोना भाइरसबाट ७६ हजार मानिस संक्रमणमा परेको चीनको क्षेत्रीय स्वास्थ्य आयोगले जनाएको छ । सोही दिन हुबई प्रान्तमा मूत्यु हुनेको संख्या दुई हजार दुई सय पुगेको आयोगले जनाएको छ । चीनमा फैलिएको कोरोना भाइरस २५ देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले समेत जनाएको छ । विश्व स्वास्थ्य संगठनद्वारा अन्तराष्ट्रिय आपतकालिन अवस्था घोषणा समेत भइसकेको छ ।