Logo

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीको मुद्दामा रस्साकस्सी पर्ने



काठमाडौं, १० फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दैछ । आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमसीसीको मुद्दा प्रमुख हुनेछ ।

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको तीन सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल हुने बुझिएको छ । खनालको प्रतिवेदनमा संशोधन गरेर मात्र एमसीसी पारित गर्नुपर्ने सुझाव दिइएको छ । यसबारे आज गम्भीर छलफल गरेर टुंगोमा पुग्ने प्रयास हुने बुझिएको छ ।

एमसीसी पारित गर्नुपर्ने पक्षमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र उनका पक्षधर रहेका छन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल संशोधन विना पारित गर्न नहुने पक्षमा छन् । एमसीसी मुद्दाले नेकपाभित्र ध्रुवीकरण बनेको छ ।

नेकपाभित्र पछिल्लो समय भ्रष्टाचारको मुद्दा पेचिलो बन्दै गएको छ । अनियमितताको विषय आएपछि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड गम्भीर भएका छन् । यसबारे समेत छलफल हुने बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्