ललितपुर, १० फागुन । गोदावरी खोला सरसफाई अभियान ५१ औं हप्ता प्रवेश गरेको छ । शनिबार विहान सयौंको संख्यामा राजनीतिक दलका नेता, समाजसेवी, प्रहरी, विद्यार्थी, शिक्षक, स्थानीयलगायतको सहभागितामा सरसफाई गरिएको छ ।
सरसफाईमा पूर्व सांसदसमेत रहेका नेपाली काँग्रेसका नेता रामकृष्ण चित्रकार, महालक्ष्मी नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार महेश खड्का, महालक्ष्मी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष वासुदेव महर्जन, नेपाली काँग्रेसका युवा नेता विवेकुमार कार्कीलगायतको उपस्थिति थियो ।
गोदावरी खोला बचाऊ अभियानले प्रत्येक हप्ता सरसफाई अभियान चलाउँदै आएकोमा आज चारघरे पुल देखि विष्णुडोल पुलसम्म सरसफाई गरिएको थियो ।
तस्बिरहरुः रिपोर्टर्स नेपाल