Logo

किन भारत अमेरिकासँग नजिक छ



विपिन देव: १२ फागुनबाट शुरु भएको अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पको भारत यात्रा विश्व सञ्चारले यसका आयामहरूमाथि चर्चा गरिरहेका छन् । अमेरिकी राष्ट्रपतिहरूमध्ये अति कम मुलुकहरूमा भ्रमण गर्ने राष्ट्रपतिका रूपमा ट्रम्पको यात्रालाई सञ्चारले महत्व दिनुको पछाडि अमेरिकी सामथ्र्यका साथ साथै ट्रम्पको विरोधाभाष अभिव्यक्ति पनि हुन् । विवादास्पद, प्रतिक्रियात्मक, स्वस्र्पmुत र विरोधाभाष शैली नै ट्रम्पलाई मेडिया “स्टन्ट” बनाउने गरेको छ । सिंगापुरमा उत्तर कोरियाका राष्ट्र प्रमुखसंग भर्खरै प्रेम परेको अभिव्यक्ति जस्ता अनेक रोचक र विवादित अभिव्यक्तिले गर्दा ट्रम छापाखानाको पहिलो पानामा रहने गरेका छन् । ट्रम्पको भारत यात्रा कुनै घटना विशेष, कुनै खास एतिहासिक कालखण्ड र कुनै व्यक्तिगत सम्बन्धको रसायनबाट रेखाङ्कित गर्न अपर्याप्त हुन्छ । ट्रम्पको यात्रा र यसको भू(राजनैतिक असर र प्रभावलाई आलोकित गर्न अमेरिका भारतको सम्वन्धको झलक हेर्न आवश्यक छ ।

भारत र अमेरिकाविच धेरै कुरामा सामिप्यता छ । दुवै प्रजातान्त्रिक पद्वति भएका मुलुक र दुईवटै व्रिट्रिस उपनिवेशवादबाट स्वतन्त्रता आन्दोलनवाट मुक्त भएका मुलुकहरू हुन् । भारतीय स्वतन्त्रता सङ्ग्राममा अमेरिकी समाजको सामाजिक रूपान्तरणमा खास गरेर अस्वेत आन्दोलनको ज्वारभाटाका माध्यमबाट समाजलाई समतामूलक बनाउन मार्टिन लुथरले गान्धीवादको सिद्धान्तलाई प्रत्यारोपण गरेको थियो । भारतका प्रथम प्रधानमन्त्री र भारतका परराष्ट्रनीतिका जनक जवाहरलाल नेहरूको अमेरिकी राजनैतिक पद्वति र आर्थिक संरचनाले सम्मोहित गरेका थिएनन् । नेहरूका  प्रसिद्ध रचनाहरू “आत्मकथा” “भारतको खोज” र “संसारको इतिहासको झलक” जस्ता कालजयी कृतिहरूले अमेरिकाभन्दा रुसको प्रगतिलाई बढी मुखरित गरेको छ । सन् १९४८ मा नेहरू अमेरिकाको तीन साता यात्रा गरेका थिए ।

विख्यात कोलम्बिया विश्वविद्यालयमा उनले व्याख्यान दिएका थिए । साथ साथै अमेरिकी काङ्ग्रेसलाई पनि सम्वोधन गरेका थिए । नेहरु अमेरिकी पूजीवादको कटु आलोचक थिए । भारत स्वतन्त्रता हुने वित्तिकै नेहरू नेतृत्वले अमेरिकाबाट चिढिएका थिए । अमेरिकी अधिकारीहरू भारतको एकीकरणमाथि समय समयमा टिप्पणी गरी गरिरहन्थे । अमेरिकी सेक्करेटरी आफ‘ स्टेटले गोवा पुर्तगालको भाग हो भने अभिव्यक्ति दिएका थिए । अमेरिकी समाजमा भारतप्रति उच्च धारणा थिएन । यस सन्र्दभमा अमेरिकी लेखक टोराल्ड इसाकले भारतीय समाजलाई विभिन्न किसिमले वर्णन गरेको पाइन्छ । भारत धर्म, सम्प्रदाय अन्धविश्वास र पछौटेपनले ग्रसित देश हो । भारत राजा, महाराजा सौक मनोरंजन, आराम र विलाशको देश हो । चौथो प्रकारले भारत ज्ञान, विज्ञान, वेद, उपनिषद, ऋषिमहर्षि, दार्शनिक र साधकहरूको देश हो । अर्थात् टोराल्ड इसाकले गरेको भारतको वर्णनले अमेरिकाको मानसपटलमा भारतको चित्रणलाई विम्वित गरेको देखिन्छ । जवाहरलाल नेहरूको प्रधानमन्त्रीत्व कालमा भारतको चिनसंग सन् १९६२ मा युद्ध भयो । युद्धताका भारतले अमेरिकासंग सैन्य सहयोग मागेको बेला अमेरिकाले भारतले अंगिकार गरेको अंसलग्न परराष्ट्रनीतिको उपहास गर्दै सैन्य सहयोगको लागि विभिन्न किसिमका पूर्वसर्त राखेका थिए । त्यसमा भारत र पाकिस्तान सम्वन्ध पनि थियो । अर्थात् सन् १९५४ मा नै पाकिस्तान अमेरिसंग सैन्य सम्झौता गरि सकेका थिए । अर्थात् अमेरिकाको पूर्व सर्त भारतलाई स्वीकार्य भएन् ।

सन् १९६४ मा नेहरू पछि लाल बहादुर शास्त्री भारतका प्रधानमन्त्री भए । शास्त्री सन् १९६५ मा पाकिस्तानलाई युद्धमा पराजय गरेर सन् १९६२ को पराजयको घाउमा मलम लगाउन सफल भएका थिए । अमेरिकाले भियतनाम गरेको कार्यवाहीलाई शास्त्रीले विरोध गरे र प्रतिक्रियात्मक रूपले अमेरिकाले भारतलाई खाद्यान्न नदिने चेतावनी दिए । शास्त्री नैतिकता र सादगीको प्रतमूर्ति भएकाले अमेरिकी खाद्यान्न विनानै भारतको जनजीवन चल्ले भने उद्घोष गरे अर्थात् अमेरिकाको दम्भको अगाडि झुकेनन् । सत्तरीको दशकमा इन्दिरा गान्धी भारतका प्रधानमन्त्री भइन् । अमेरिकी राष्ट्रपति निक्सनको पाकिस्तानका नेतृत्वसंग मोह थियो । निक्सन र पाकिस्तानी शासक औयुव खान बिच प्रगाड सम्वन्ध थियो । फेरि भारत र पाकिस्तानको बिच सन् १९७१ ताका भीडन्त युद्धमा परिवर्तन भयो र भारतले ७८,००० पाकिस्तानी सैनिकलाई युद्ध बन्दी बनायो । हेनरी किसिनजर निक्सनको चिठ्ठी लिएर स्वंय नै दिल्ली आयो तर इन्दिरा गान्धी टसमस भइनन् । आखिर बंगलादेशको जन्म भयो । सन् १९७१ मा अमेरिकी राष्ट्रपति निक्सनले भारतीय र पाकिस्तानीको चारित्रिक वर्णन एक वक्ताव्यमा गरेका छन् । उनले के भनेका छन् कि पाकिस्तानीहरू आत्मघाती र एकहोरो हुन्छन् तर भारतेलीहरू कुशाग्रताले अमेरिकी नीति र प्रस्तावना नै पराजीत हुन्छन् । अर्को शब्दमा भन्ने हो भने पाकिस्तानको विभाजन अमेरिकी नीतिको विरोधमा भएको थियो । इन्दिरा गान्धी पछि राजीव गान्धीले अमेरिकाको सम्वन्धमा सुधार ल्याउ‘न सफल भए । असीको दशकमा राजीव अमेरिका यात्रा गरेर अमेरिकी राष्ट्रपति रेनसंग सौहार्द कायम गर्दै विभिन्न सन्धि सम्झौता गरेर सेयटल्याट र सुपर कम्प्युटर भारत भित्र्याउ‘न सफल भए । आजको दिनमा आन्तरिक्ष र सूचना प्रविधिमा भारतको वर्चस्व संसारमा रहेको श्रेय राजीव गान्धीलाई नै जान्छ ।

राजीवपछि नब्बेको दशकमा विश्व परिर्वतित भयो । सोभियत विखण्डन पूर्वी युरोपमा साम्यवादको अन्त्य, चीनको उदय जस्ता अनेकौ घटनाक्रमले भारतलाई पूर्ण रूपमा प्रभावित गरेको थियो । इतिहासको त्यो कालखण्डमा भारतको नेतृत्व नरसिंह राव, जसलाई केही विद्वानहरूले “चाणक्य” को रूपमा व्याख्या गर्ने गरिन्छ को प्रधानमन्त्री काल सुरु भयो । राव आर्थिक खुल्लापन र भूमण्डलीकरण अनुरूप भारत र अमेरिकी सम्वन्धको नयॉ युग सुरु गरे । इतिहासको त्यो कालखण्ड वडो महत्वपूर्ण मानिन्छ । राव अमेरिकी सदनलाई सम्वोधन गर्दै अमेरिकाको हृस्टन (उर्जाको राजधानी) मा अमेरिकी व्यापारीसंग अन्तरक्रिया गर्दै अमेरिका र भारत सम्वन्धलाई आर्थिक कडीमा बाधेर एउटा नयॉ युगको सुरुवात गरे । अर्थात् अमेरिका र भारत सम्वन्धलाई आर्थिक कडिबाट जोडेर भारतलाई अन्तराष्ट्रिय बजारसंग जोड्ने काम रावले नै गरे ।

भारत र अमेरिका सम्वन्धको सबभन्दा रोचक र उत्तारचढावले भरेको कालखण्ड अटल विहारी वाजपेयीको कालखण्ड हो । सन् १९९८ मइ ११ बाजपेयीले भारतमा न्युकिलियर परिक्षण गरेपछि भारत र अमेरिकाको सम्वन्धमा अत्यन्तै कटुता बढ्यो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार वागनरले भारतवाट अमेरिका धोका पाएको अभिव्यक्ति दिए भने अमेरिकी विदेश विभागका प्रवक्ताले भारतले अमेरिकालाई अध्याँरोमामा राखेको खुलासा गरे । भारतीय परराष्ट्रमन्त्रीले अमेरिकामा अमेरिकी संस्थापन पक्षको आक्रोसलाई मत्थर गर्न व्यापक लविंग गरेका थिए । फलस्वरुप अमेरिकी संस्थापन पक्षको विरोधमा जिमि कार्टर (पूर्व अमेरिकी राष्ट्रपति)को अभिव्यक्ति आयो जसमा के भनिएको थियो भने अमेरिकासंग भारतलाई विरोध गर्न कुनै नैतिक सार्मथ्य छैन किन कि अमेरिका आफै सबभन्दा बढी न्युकिलियर भण्डारण गरेको मुलुक हो । अमेरिकी काङ्ग्रेसमा वेनजामीन गिल म्यान जस्ता नेतृत्वले भारतको वचाउ गरे तापनि एड.वि, वल्र्ड वैंक, आई.एम.एफ.बाट पाउने तीन विलियन ऋण सम्झौता अमेरिकी दवावले गर्दा भारतले गुमाउ‘न पर्यो । प्रतिक्रियामा अमेरिकाले पाकिस्तानलाई ५.५ विलियन सहयोग गर्यो । भारतले अमेरिकी नाकावन्दीको पनि सामना गर्नुपर्यो ।

यही परिवेशमा भारतका परराष्ट्रमन्त्री जसवन्द सिंह र अमेरिकी अधिकारी टिलवोट विच सन् १९९४ मा पट्टकौ वार्ता भयो । यस वार्तालाई कूटनीतिको भाषामा “रोड टु भिलेज” भनिन्छ । अर्थात् हरेक दुविधा र असमन्जस्ताका वावजुत पनि गन्तव्य पुग्ने लक्ष्य । फलस्वरूप अमेरिकी राष्ट्रपति किलंटनको भारत यात्रा भएर अमेरिकी र भारत सम्वन्धले एक नयॉ गोरेटो लियो ।

अहिले मोदी युगमा भारतको सार्मथ्य र क्षममा परिवर्तित भएको छ । अमेरिकामा मात्र ३० लाखभन्दा भारतीय प्रवासी हुन (अधिकांश दक्ष जनशक्ति हुनु) भारत पॉच ट्रिलियन डलरको अर्थतन्त्र हुन, सम्भावना वोक्नु, इण्डोप्यासिफकमा भारतको क्षमता बढ्नु, कोरना विषाणुको प्रकोपले चीन घायल हुनु र पाकिस्तानको अर्थ व्यवस्थाले गति नलिनु जस्ता परिघटनाहरूले भारतको बार्गेनिङ्ग शक्ति अमेरिकासंग बढेको छ । ट्रम्पले बम्बैमा पनि व्यापारिक कारोवार गरेका छन् अर्थात् २४ र २५ को यात्रा पूर्ण रुपले लेनदेन, नाप तौल, घाटा नाफामा आधारित हुने विश्लेषकहरूको दावी छ किनकि ट्रम्प जस्तै मोदी पनि व्यापारिक मानसिकता भएका व्यक्ति भएकोले नाफा र नोक्सानलाई मध्य नजरमा राख्ने छन् । अर्थात् भारत र अमेरिकाको सौहाद्र्रता र प्रगाढताको पछाडि इतिहासको धेरै आरोह र अबरोहहरू छ । सम्वन्ध सुदृढीकरणको पछाडि अतीतको ठुलो व्यायाम हुन्छ । आगामी दिनमा ट्रम्प मोदीको संवादले दुइवटै मुलुकहरू नयॉ गोरेटोबाट जाने सम्भावनालाई आंकलन गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्