काठमाडौं, १२ फागुन । रामबहादुर थापा बादल वर्तमानमा गृहमन्त्री छन् । उनी कुनैबेला तत्कालिन नेकपा माओवादीका सैन्य कमाण्डर थिए । माओवादी द्धन्द्धकालमा उनको नेतृत्वमा धेरै प्रहरी चौकी ध्वस्त पारिए ।
समय बदलिएको छ । बादल अहिले गृहमन्त्री छन् । उनको मातहतमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत छ । बादल अहिले प्रहरीको चौकी र भवन नभएकोमा चिन्तित छन् ।
द्धन्द्धकालमा प्रहरीका सयौं चौकी र भवन ध्वस्त पारिए । जसमध्ये अझै धेरै निर्माण हुनसकेका छैनन् । यसबाट बादल समेत चिन्तित छन् । उनले सामेबार चितवन पुगेर यस्तै चिन्ता व्यक्त गरे । प्रहरी भवन र चौकी नहुँदा सडकछाप जस्तै भएको प्रतिक्रिया दिए ।-File Photo