Logo

कोभिड–१९ विरुद्ध सरकारलाई विशेष रुपमा प्रस्तुत हुन सांसदहरुको माग



काठमाडौँ, १५ फागुन  : सांसदले नेपाल कोराना भाइरसको उच्च जोखिममा रहेकाले तयारी गर्न र त्यससम्बन्धी जानकारी संसदमा गराउन माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा विमला पौडेलले ३४ देशमा कोभिड–१९ फैलिइसकेको र चीनको छिमेकमा रहेको नेपाल सङ्क्रमणको उच्च जोखिममा रहेको उल्लेख गर्दै त्यसबारे तयारी के भइरहेको छ भन्नेबारे संसद्लाई जानकारी गराउन माग गरे ।

सांसद शेरबहादुर कुँवरले कोभिड–१९ फैलिन नदिन प्राथमिकताका साथ तयारी गर्न सुझाव दिए । धेरै नेपाली रोजगारीका लागि गएको दक्षिण कोरियामा समेत भाइरस फैलिएकाले विशेष तयारी गरिनुपर्ने सांसदको भनाइ थियो ।

सांसद रामनारायण बिडारीले उद्योग बेचेर खाने चलन बस्दा रोजगारीलगायतमा समस्या परिरहेका बेला हेटौँडाको माछापोखरी नाशिन लागेको भनी बचाउन माग गरे ।
सांसद विन्दादेवी आले रानाले उपभोग्य वस्तुको मूल्य ४८ प्रतिशतसम्म वृद्धि हुँदा काम गरेर छाक टार्नेका जीवन धान्न मुश्किल भएको बताए । एउटै सामानका मूल्य पसलपिच्छे फरक हुँदा पनि सरोकार निकाय मौन बस्नाको रहस्य के हो भनी प्रश्न गरे । सांसद हरिराम चौधरीले माध्यमिक शिक्षा निःशुल्क घोषणा गरिए पनि सामुदायिक विद्यालयमा शिक्षकको व्यवस्था हुन नसकेकाले कहिले पूरा हुन्छ भनी जिज्ञासा राखे ।



प्रतिक्रिया दिनुहोस्