Logo

चिनी कारखानाको छ बिगाहा जग्गा विक्री गर्न दिने स्वीकृति



काठमाडौं, १५ फागुन । सरकारले वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको छ बिगाहा जग्गा विक्री गर्न स्वीकृति दिने निर्णय गरेको छ । वीरगञ्ज महानगरपालिका १४ स्थित उक्त जग्गा राजमार्गसँग जोडिएको छ ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै यसको जानकारी गराएका हुन् । चिनी कारखाना डेढ दशकयता बन्द अवस्थामा छ । यसको जग्गा विक्रीका लागि लामो समययता प्रयास भइरहेको थियो ।

यसैगरी बुटलको सिद्धार्थ केबलकारलाई स्टेशन निर्माण गर्न दुई हेक्टर र मौलाकाली केवलकारलाई पौने तीन हेक्टर जमिन प्रयोग गर्न दिने निर्णय समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्