Logo

पुस्तकमा कर नहट्ने



फाईल तस्बिर/रिपोर्टर्स नेपाल डटकम

काठमाडौं, १५ फागुन । सरकारले पुस्तकमा लागेको कर नहटाउने भएको छ । आज अर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तकमा लागेको करको बचाऊ गरेका छन् ।

पुस्तकमा ४० प्रतिशत सम्म फाइदा लिएर सरकारलाई १० प्रतिशत कर तिर्न गा¥हो मान्नु जायज नभएको उनको तर्क थियो । उनले भने, ‘पुस्तकको व्यापार व्यापार नै हो, ज्ञानको व्यापार हुँदैन, ज्ञानको आदानप्रदान हुन्छ ।’ पुस्तकको व्यापारलाई ज्ञानको व्यापार भनेर दिग्भ्रमित पारिएको उनको भनाई थियो ।

अन्य देशमा पुस्तकमा १८ प्रतिशतसम्म कर लगाइने गरिएको उनको तर्क थियो । देशभित्रको प्रेस तथा छापाखानाले कर नतिरी ल्याउने पुस्तकसँग प्रतिष्पर्धा गर्न नसकेको बताए । त्यसका लागि पनि कर लगाउनुपरेको उनको भनाई थियो ।

तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्