Logo

एसिड आक्रमणकारीले उपचार खर्च एक करोड तिर्नुपर्ने, आठ वर्ष कैद



काठमाडौं, १५ फागुन । एसिड आक्रमणकारीले आठ वर्ष कैद सजाय पाएका छन् । एसिड आक्रमणकी घाइतेको उपचार खर्च एक करोड १४ लाख ८५ हजार व्यहोर्नुपर्ने समेत भएको छ ।

यो फैसला मकवानपुर जिल्ला अदालतको हो । आज अदालतका न्यायाधीश कमलराज बिष्टको इजलाशले पीडितको पक्षमा फैसला सुनाउँदै पीडकलाई कजा सजायको फैसलासमेत सुनायो । हेटौंडा उपमहानगरपाकिला २ की २० वर्षीया विन्दावासिनी कंसाकारको अनुहारमा झण्डै छ वर्ष अगाडि एसिड प्रहार भएको थियो । भारत महाराजगञ्ज घर भएका दिलिपराज केशरीले कंसाकारमाथि एसिड प्रहार गरेका थिए ।

९ वैशाख २०७० मा एसिड प्रहार गरी भारतका लुकिछिपी बस्दै आएका केशरी चार महिना अघि पक्राउ परेका थिए । अदालतले उनको पक्राऊको चार महिनापछि फैसला सुनाएको हो ।

पछिल्लो समय नेपालमा पनि एसिड प्रहारका घटना बढिरहँदा मकवानपुर जिल्ला अदालतको कडा सजायसहितको फैसला आएको हो ।



प्रतिक्रिया दिनुहोस्