काठमाडौँ, १६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गण्नतन्त्रात्मक नेपालको विकासका लागि तीनै तहको सरकारले सहकार्य गर्नु पर्ने सुझाव दिएका छन् ।
उनले तीनै तहका सरकार सहकार्य र सहअस्तित्वका आधारमा विकास र समृद्वि अभियानमा जोड दिनु पर्ने बताएका हुन । दार्चुलाको प्रमुख धार्मिक तीर्थस्थल मालिकार्जु धाम भ्रमणपछि विहीबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्वोदन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएका हुन । (गोरखापत्र दैनिकबाट)