Logo

कोरीया र जापानका पर्यटकको बुकिङसमेत रद्द



काठमाडौं, फागुन १६ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चिनियाँसँगै अन्य मुलुकका पर्यटक आगमनमा पनि असर पर्न थालेको छ ।नेपाल आउन चाहेका चिनियाँ पाहुनाको बुकिङ करिब शतप्रतिशत रद्द भइसकेको छ भने जापान, कोरियालगायत मुलुकका पर्यटकले पनि धमाधम बुकिङ रद्द गर्त थालेका छन् ।

कोरिया, जापानलगायत मुलुकका पर्यटकको बुकिङ पनि रद्द भइरहेको पर्यटन व्यवसायीले बताएका छन् । फेब्रअरीदेखि सुरु हुने पर्यटकीय सिजनमा यो बेला चिनियाँसँगै, जापान, कोरियासहित युरोपियन मुलुकबाट पनि पर्यटक आउँथे ।तर कोरिया, जापानलगायत मुलुकका पर्यटकले बुकिङ रद्द गरिसकेको व्यवसायीले बताए ।

युरोपियन मुलुकका केही पर्यटकको बुकिङ अझैसम्म रहिरहे पनि भाइरस संक्रमण कम नभए ती मुलुकका पाहुनाको बुकिङ पनि रद्द हुनसक्ने व्यवसायीको चिन्ता रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्