काठमाडौँ, १६ फागुन । सत्तारुढ दल प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यतिखेर विवाद सतहमा आएको छ । नेकपामा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै पार्टीमा दुई खेमा स्पष्टरुपमा देखिएको छ ।
यस विषयले सबैभन्दा धेरै नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई विवादमा ल्याएको छ । तर यसैबेला प्रधानमन्त्री ओलीले आफ्ना गुनासोहरु पोखेका छन् । (प्रभाव दैनिकबाट)