Logo

असारभित्र पहिलो युनिटबाट विद्युत् उत्पादन



काठमाडौँ, १६ फागुन । चालू आर्थिक वर्षको अन्त्यभित्रमा विद्युत् उत्पादन लक्ष्य राखेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न पेनस्टक पाइप जडान नै चुनौतीपूर्ण बन्दै गएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको निरीक्षण गरेका छन् ।

उनले आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारसँग संयुक्त रूपमा निर्माण सम्पन्न हुने कार्यतालिकाबारे छलफल गरेको छ । छलफलका क्रममा ठेकेदार कम्पनीले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । छलफलका क्रममा घिसिङले अगामी असारभित्र कम्तीमा पनि एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाई त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।  पहिलो युनिटबाट विद्युत् सुरु भएपछि बाँकी पाँच युनिटबाट क्रमैसँग विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री, ऊर्जामन्त्रीलगायतको गम्भीर चासो छ । उनले त्यसैले जुनसुकै अवस्थामा पनि चालू आर्थिक वर्षभित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्नुपर्ने छ ।

समय तालिकामा रहेर काम गर्नुहोला भन्नुभयो । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा आधाभन्दा धेरै पेनस्टक पाइप जडान भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कुल ६७३ मिटरमध्ये ३५५ मिटर पेनस्टक पाइप जडान गरिसकिएको र ३१८ मिटर बाँकी रहेको जनाइएको छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्