रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई धेरैले कम्युनिष्ट शासक स्टालिनको शैली अपनाएको बताउँदै आएका थिए । स्टालिन वास्तविक भन्दा फरक तस्बिरमा देखिन्थे । उनी सार्वजनिक कार्यक्रममा पनि फरक रुपमा देखापर्थे जुन उनी थिएनन् ।
पुटिन पनि वास्तवमा निकै पातलो रहेको भनिदै आइएको थियो । जुडो खेलाडी पुटिन खुफिया एजेन्सी केजीबीको जागिरे हुँदा निकै पातलो थिए । पछिल्लो समय उनी दोहोरो जीउका देखिएका छन् ।
पुटिनमाथि समाचार एजेन्सी तासको धाराबाहिक अन्तवार्तामा एउटा गम्भीर प्रश्न सोधियो, के तपाईंको यो शरीर वास्तविक हो ? पुटिन हाँस्दै सक्कली नै भएको बताए । उनले नयाँ खुलासा गरे । सन् २००० को दशकमा चेचेन्याको युद्ध हुँदा पुटिनलाई दोहोरो शरीरको देखिने रुप धारण गर्न सुझाव दिइएको थियो । सुरक्षाका कारण देखाउँदै उनलाई फरक देखिन प्रस्ताव गरेपनि नमानेको खुलासा गरे ।
६७ वर्षीय रुसी राष्ट्रपति आफू जस्तो हो त्यस्तै रहेको बताए । सुरक्षाका कारण पुटिन प्रविधिको निकै कम प्रयोग गर्छन् । यसबारे पनि उनले खुलासा गरेका छन् । पुटिनले पछिल्लो अन्तवार्तामा आफूले नक्कली रुप धारण नगरेको र शरीर पनि फरक नबनाएको खुलाए । तर, धेरैले अझै पत्याइरहेका छैनन् । होचा कदका निकै पातला पुटिन कसरी मोटो देखिए भन्नेबारे अझै चासो छ ।-एजेन्सी