बदलिदो मौसममा वयस्कहरुलाई त गाह्रो हुन्छ भने साना बच्चाहरुको प्रतिरक्षा बृद्धि गर्न निकै महत्वपुर्ण हुन्छ । बच्चा जन्मेको २४ घण्टाभित्र आमाको दध खुवाउनु पर्छ । उक्त अवधीमा आमाको दुधमा कोलस्ट्रोल नामक तत्व हुन्छ । जसले बच्चालाई जीवनभर बच्चाको प्रतिरक्षालाई मजबुत बनाउँदछ । यसबाहेक ६ महिनासम्म आमाको दुध पनि खान दिनुपर्छ ।
बच्चाहरुमा सबै प्रकारको मौसमको सामना गर्ने बानी विकास गराउनुपर्छ । एसी, हिटर खोलेर कोठा बन्द गर्नु हुदैन । बच्चाहरुलाई बाहिर खेलाउनु पर्छ ।यसरी बाहिर खेल्दा संक्रमणसँग लड्न शरीरको क्षमता विकास हुन्छ । जब मौसम परिर्वतन हुन्छ, तब बच्चाहरुको शरीरमा प्रतिरक्षा प्रणाली सक्रिय हुने संकेत गर्दछ । नानीहरुलाई हल्का चिसो र चिसो हुने बित्तिकै औषधी दिन सुरु गर्नुहुँदैन । यदि दिनै परेमा डाक्टरको सल्लाहमा ३÷४ दिन पछि मात्र दिने गर्नुहोस् ।
सुरु देखि नै बच्चाहरुलाई अन्य सदस्यले खाने कुरा नै खुवाउने बानी गर्नुहोस्, यसले उसलाई सबै पौष्टिक तत्वहरु दिन्छ । उनीहरुको दैनिक खानामा प्रोटिन र क्याल्शियमयुक्त खाद्य पद्वार्थकहरु दाल, दुध, कुखुरा, माछा र सुुख्खा फलहरु समावेश गर्नुहोस् । अझ धेरै दाल खान दिनु पर्छ । यसले प्रतिरोध क्षमता बढाउन सबैभन्दा महत्वपुर्ण भुमिका खेल्छ ।