काठमाडौं, १७ फागुन । बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले आगामी बैशाखसम्म मुलुकको राजनीतिक कोर्श परिवर्तन हुने स्पष्ट पारेका छन् । उनले अहिलेको व्यवस्था नै असफल हुन लागेको जिकिर गरे । उनले बैशाखसम्म राजसंस्था फर्किने पनि खुलासा गरे । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै न्यौपानेले यस्तो बताएका हुन् । न्यौपानेले अहिलेको संविधानभन्दा २०४७ सालको संविधान नै धेरै राम्रो हुने तर्क गरे ।