काठमाडौँ, १८ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको नियमित कार्यकाल सकिनु दुई दिनअघि विभाग गठन गरेका छन्। उनले शनिबार १३ विभागका प्रमुख प्रमुख मनोनीत गरेका हुन्। देउवाको उक्त निर्णयप्रति वरिष्ठ नेता राम चन्द्र पौडेल पक्षले असन्तुष्ठ जनाएको छ ।
पार्टीमा ४७ विभाग छन् । विधानअनुसार महाधिवेशन सकिएको दुई महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ। १३ औं महाधिवेशन २०७२ फागुनमा भएको थियो । सभापति देउवाले विभागमा गोपालमान श्रेष्ठ, संघीय मामिला तथा प्रदेश समन्वयमा रमेश रिजाल, मुस्लिममा फरमुल्लाह मन्सुर र स्थानीय तह समन्वयमा अर्जुनप्रसाद जोशी मनोनीत भएका छन्। (अन्नपूर्ण दैनिकबाट)