Logo

प्रधानमन्त्रीलाई मिर्गौला पूनः प्रत्यारोपणको लागि पौडेलद्वारा स्वास्थ्यलाभको कामना



काठमाडौं, १८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु प्रसाद पौडेलले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूनः मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया, सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालयको बैठकमा सहभागी हुने क्रममा महासचिव पौडेलले स्वास्थ्यलाभको कामना गरेका हुन् ।

उनले फेशबुकमार्फत यस्तो जानकारी गराएका छन् । पौडेलले लेखेका छन्,”सम्माननीय प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीज्यू मृगौला प्रत्यारोपणका लागि यही २०७६ फागुन १९ गते शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना हुनुहुँदैछ । सफल सल्यकृया, सफल प्रत्यारोपण र शिघ्र स्वाश्वास्थ्यलाभको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

ओलीको मिर्गौलाको प्रत्यारोपण यही बुधबार गरिने भएको छ । नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण काठटमाडौंस्थित् त्रिवि शिक्षण अस्पतालमा गरिने भएको हो ।

उनकाअनुसार मिर्गौला प्रत्यारोपणको लागि प्रधानमन्त्री ओली भोलि (सोमबार) नै अस्पताल भर्ना हुनेछन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामनासमेत गरेको प्रवक्ता श्रेष्ठले रिपोर्टर्स नेपाल डटकमलार्य जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्