Logo

‘टुटल’ र ‘पठाओ’ बारे अन्योल



काठमाडौं, १८ फागुन । निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पु¥याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन ।

‘टुटल’ र ‘पठाओ’लगायतका सेवा प्रदायक काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन् भने अर्कातिर यसलाई समेट्ने नियम अहिलेसम्म बन्न सकेको छैन । यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको यातायात व्यवस्थासम्बन्धी विधेयकमा यी सेवा प्रदायकलाई समेट्ने विषयमा छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
सो विषयमा मन्त्रालयमा अहिले छलफल भइरहेको प्रवक्ता सरोजकुमार प्रधानले बताए । तर, अहिले नै यसरी गर्ने भनी निर्णय भइनसकेको उनले बताए ।

यातायात व्यवस्था ऐन, २०४८ मा निजी नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने नियम छ । यात्रुको सुरक्षाको समेत विषय भएको भन्दै सरकारले यसअघि सेवा अवरुद्ध गर्ने निर्णय गरेपनि जनगुनासोका आधारमा हालकै अवस्थामा चल्न दिने निर्णय भएको थियो ।

विभागले तीन महिनाअघि सूचना जारी गरी ‘निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ भन्ने व्यवस्था ऐनमा भएको उल्लेख गर्दै ‘टुटल’ र ‘पठाओ’लगायतका सेवाप्रदायक संस्थालाई सेवा रोक्न भनेको थियो । तर, भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले विभागलाई कार्यविधि÷निर्देशिका बनाएर यी सेवा सञ्चालन गर्न दिन भनि निर्देशन दिएका थिए । गत वर्ष पनि विभागले सेवा अवरुद्ध गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा अवरुद्ध नगर्न निर्देशन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्