Logo

प्रचण्डलाई जुत्ता हान्न तिरुवाले किन लेखे ‘माक्र्सवादको चरम दुरुपयोग’



काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने रतन तिरुवा कम्युनिष्ट सिद्धान्तबाट प्रेरित भएका युवा हुुुन् । पूर्व माओवादी लडाकुका छोरा तिरुवाको स्थायी घर जुम्ला हो ।

जुम्लाबाटै विद्यालय तहको अध्ययन पूरा गरी उनी पछिल्लो समय सर्भे इञ्जिनियरिङमा अध्ययनरत छन् । उनी माक्र्सवादको समेत गहिरो अध्ययन गरेका युवक हुन् ।

आफ्नो फेसबुकको परिचय पेजमै उनले लेखेका छन्, ‘जबसम्म सामन्तवादी र पुँजीवादी दुष्टहरुको अन्त हुँदैन तबसम्म सर्वहारा वर्गको अधिनायकत्व प्राप्त हुँदैन ।’ माक्र्सवादी विचारधाराको यो भनाईलाई उनले प्राथमिकताका साथ फेसबुकमा राखेका छन् ।

माघको अन्ततिर उनले फेसबुकमा ‘माक्र्सवादको चरम दुरुपयोग’ भएको लेखेका छन् । जसमा माक्र्स र माओत्से तुङको तस्बिर देखिने गरी आफ्नो तस्बिर जोडेर राखेका छन् । उनको फेसबुक वालमा कम्युनिष्ट विचारकहरु माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर एकैसाथ राखिएको छ । यसबाट उनी कम्युनिष्ट सिद्धान्तबाट निकै प्रेरित रहेको बुझ्न सकिन्छ ।

कम्युनिष्ट सिद्धान्तबाट अत्याधिक प्रेरित तरुवाले कम्युनिष्ट नेता प्रचण्डमाथि नै किन जुत्ता प्रहार गरे ? यसमा उनको तिव्र असन्तुष्टि बुझ्न सकिन्छ । उनले प्रहरीमा प्रारम्भिक बयानमा प्रचण्डको भनाई मन नपरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्