फागुन १८, काठमाण्डौ । यतिखेर यत्रतत्र सर्वत्र कोभिड–२०१९ नाम दिइएको नयाँ प्रजातिको कोरोना भाइरसको आतंक र चर्चा छ । कुन बेला कुन देशमा भाइरसको संक्रमण हुन्छ ठेगान छैन । नेपाल पनि यो भाइरसको उच्च जोखिममा छ । उपचार पद्धति पत्ता नलागेकाले भाइरसबाट बँच्न घरेलु उपाय नै अपनाउनु पर्ने हुन्छ ।
भाइरसले कहिलेकाहीँ अत्यन्तै खतरनाक रोगहरु फैलाइदिने गर्छ । त्यस्ता रोगहरु अत्यन्तै घातक हुने गर्छ । त्यसले विश्वमा ठूलो नरसंहार फैलाइदिन सक्छ, आतंकको वातावरण सिर्जना गरिदिन सक्छ । अहिले संसारभरि चलिरहेको कोरोना भाइरसको महामारी त्यसैको एउटा ताजा नमूना हो ।
यसअघि फैलिएको सार्स, मेर्स र बेलाबेलामा फैलिने गरेको वर्ड फ्लू वा स्वाइन फ्लूहरु पनि भाइरसकै कारण सिर्जना हुने महामारीजन्य रोगहरुका नमूना हुन् । नोबेल कोरोना भाइरसका कारण अहिले पूरै विश्वनै त्रसित छ । कोराना भाइरसको उपचारको लागि अहिले सम्म कुनै औषधी र भ्याक्सिनको उत्पादन गरिएको छैन् । यसै कारण पनि हामीले बेलैमा विषेश सावधानि अपनाउनु आवश्य पर्दछ ।
अहिलेको अवस्थामा यस्ता कुनै पनि भाइरसबाट बच्नको निमित विविध उपाय अपनत्व गर्दे आएका छौ र विभिन्न खाले माक्सको प्रयोग गर्दै आइरहेका छौ । तर कोरोना भाइरस जब मानिसको शरीरभित्र प्रवेश गर्छ अनि त्यो बेला मास्क पनि व्यर्थ हुन्छ । र यसले कुनै असर पु¥याउदैन् । त्यसैले सबै भन्दा उत्तम मउपाय भनेको नागरि स्वंयव सतर्क हुनु हो ।
यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । त्यसैले रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने हात नमिलाउने र सजग हुनु पर्दछ । चिकित्सकका अनुसार भाइरसलाई शरीरमा प्रवेश नै गर्न नदिने सबैभन्दा सजिलो र सरल उपाय भनेको हात धुनु नै हो । हात धुने भन्दैमा हामी जस्तो पायो त्यस्तै तरिकाले धुदा हातमा भएका भाइरस नजान सक्छ त्यसैले पनि हात धुदा विधि पु¥याएर धुनु पर्ने चिकित्सकको सुझाव छ ।
हात सफा पानीले भिजाउने अनि हातमा राम्रोसँग साबुन लगाउने । साबुन र पानी छुट्टै होइन, सँगसँगै भयो भने किटाणु हटाउनका लागि सबैभन्दा प्रभावकारी हुन्छ । साबुनलाई दुई हातको बीचमा राखेर खुब रगड्नुहोस्। दुई हातका औंलाहरु आपसमा बल्झाएर केहीबेरसम्म मिच्नुहोस् ।
नङको भित्र, हातको पञ्जा, अगाडि, पछाडि साबुन लगाएर मिच्नु पर्दछ । यसरी छालाको घर्षणका कारण किटाणुहरु नष्ट हुन्छन् र फोहोर पनि निस्किन्छ । यदि किटाणु भएपनि त्यही घर्षणमा मिचिन्छ । कम्तीमा २० सेकेन्डजति हातहरु एक आपसमा औंलाहरु बीचमा बल्झाएर रगड्नु पर्दछ । यसो गर्नाले त्यसबाट शुक्ष्म किटाणुहरु पनि नष्ट हुनसक्छन् । त्यसपछि सफा पानी फेरि हातमा खन्याउने वा धारामा हात पखाल्दा पनि हात बेस्सरी मिच्नुपर्दछ ।
यसरी मिचिमिचि हात धुदा शरीरबाट शुक्ष्म किटाणुहरु लगभग नष्ट गर्न सकिन्छ । हात धोइसके पछि एउटा सफा टवेल वा रुमालले हातलाई विस्तारै पुछने वा तातो हावामा एकछिन राख्ने गर्नु पर्दछ । चिसो हातमा भारइसहरु सजिलै पस्न पनि सक्ने हुदा, तिनलाई केही बेर सुकाउन आवश्यक रहेको चिकित्सकको सुझाव छ ।