एकदिन राजाको दरबारमा केहि आँप आयो । राजाले कहिले पनि आँप खाएका थिएनन् । यसैले उनले सोधे, ‘यो के हो ?’ आँप ल्याउने व्यक्तिले भने, ‘महाराजा यो आँप हो । यो धेरै राम्रो फल हो, हजुरले खाएर हेर्नुस् । ’ राजाले भने, ‘मैले खान्न । मेरो दरबारमा जो मानिसहरु बसिरहेका छन् उनीहरुलाई खुलाउनुहोस् । उनीहरुले खाएर मलाई बताउने छन कि आँप कस्तो फल हो ?’
राजाले आफ्ना प्रधानलाई आँप दिएर भने उनीहरुलाई खानको लागि भने । उसले खायो र भने ‘महाराज यो त धेरै राम्रो फल हो । यो नरम, मिठो र रस पनि छ ।’ यही समयमा दरबारमा एक विद्धान आएका थिए र उनले पनि खाए र छोटो जानकारी राजालाई दिए । उनले काटेर राजालाई सिधै खान आग्रह गर्दै भने, ‘राजन हजुरले आँप आफलै नखाए, दोस्रो व्यक्तिले खानाले आँपको बारेमा केहि थाहा हुँदैन, यो कस्तो चिज हो भनेर । यो मेरो व्यक्तिगत अनुभव हो । ’ राजाले आँप चाँखे र चाँखेपछि भने, ‘ अब थाहा भयो कि आँप के हो ।’
आज संसारमा शान्तिको चर्चा गर्नको लागि धेरै मानिसहरु छन् । जब सम्म शान्तीको लागि आफू स्वयं अनुभव गरिंदैन, तब एक सिर्फ एक शब्द मात्र हो । हामीलाई शान्ती अनुभव गर्नको लागि आवश्यक हुन्छ । चाहे हामीसँग धेरै पैसा होस् तर आन्तरिक शान्तीको अभावमा हामी गरिब हुन्छौ । जब हाम्रो मन भित्र शान्तीको अनुभव हुन्छ, शान्ती शान्ती भन्दै खोजिरहनु पर्दैन । मानिसहरु लडाई जित्दैमा शान्ति हुने आशा गर्दछन् । यो सत्य होइन ।
यस संसारमा ज्ञानी मानिस र गुरुको कमि छैन त असल गुरु त्यो हो, जसले आफ्नो ज्ञानको माध्यमबाट तिर्खा पनि छ, र त्यो तिर्खा मेट्ने पानी पनि तपाईँ नै हो । भनी बुझाउन सक्छ । तिर्खा पनि भित्र नै छ,तिर्खा लागेको थाहा भए पानी पनि भित्र नै हुन्छ । यसलाई बुझाउने गुरु नै असल गुरु हो ।