काठमाडौँ, १९ फागुन । कर्मचारी सञ्चय कोष ऐन २०१९ अनुसार कोषको प्रशासक हुन सञ्चयकर्ता हुनुपर्छ, तर सत्तारुढ नेकपाप्रति आस्थावान भएकै कारण तुलसीप्रसाद गौतमलाई भने यो कानुन लागेको छैन ।
दुई खर्वभन्दा बढी रकम रहेको कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतम कानुनलाई लत्याएर पदमा टिकिरहेका छन् । गौतमले कञ्चयकर्ताबाट हटेको १० महिनापछि पनि प्रशासकै जिम्मेवारी सम्हालिरहेका छन् । आफूलाई सदाचारी भन्न रुचाउने अर्थमन्त्री युवराज खतिवडा र विधिको शासन कायम गराउन अब्बल मानिएका अर्थ सचिव शिशिरकुमार ढुंगाना मातहतको निकाय र उनै अध्यक्ष रहेको संस्थाको अध्यक्ष रहेको संस्थाका प्रशासक गौतम भने काुनुन विपरित पदमा बहाल रहेका छन् । (आजको तरूण साप्ताहिकमा खबर छ ।)