Logo

कोरोना भाइरस प्रकोपः सँसारभर मर्नेको संख्या तीन हजार कट्यो



एजेन्सी, १९ फागुन । सँसारभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या तीन हजार कटेको छ । सोमबारको तथ्यांक अनुसार विश्वका ७० भन्दा बढी देशमा भाइरसको संक्रमण देखिएको छ ।
सबैभन्दा बढी चीनमा कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । इरान, इटाली र दक्षिण कोरियामा २० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

अमेरिका, फ्रान्स, फिलिपिन्स, जापानलगायतका देशमा पनि कोरोना भाइरसको संक्रमणबाट मानिसको मृत्यु भएको तथ्यांक छ । विश्वभर संक्रमितको संख्या ८८ हजार पुगेको छ ।

दुई महिनाअघि चीनको वुआन क्षेत्रबाट भाइरस देखिएको थियो । त्यसपछि सँसारभर शतर्कता अपनाउने र निगरानी बढाउने गरेपनि अवस्था नियन्त्रणबाहिर देखिएको छ । दक्षिण कोरियामा चीनमा भन्दा बढी मानिसहरुलाई दैनिक संक्रमण देखिनथालेको छ । इटालीमा पनि अवस्था चिन्ताजनक छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्