Logo

रुनु र टाउको दुख्नुबीचको सम्बन्ध



धेरै मानिसहरुको रोएपछि टाउको दुख्ने हुन्छ । टाउको र रुवाईको बिचमा के नाता छ त आउनुहोस् यसको बारेमा चर्चा गरौ ।

हामी भावुक व्यक्ति नभएपनि कहिलेकाहिँ कुनै न कुनै कुराले रुन मन लाग्छ । रुनु प्राकृतिक विषय हो । कहिले अरुको दुःखका कुरा सुनेर त कहिले भावनात्मक चलचित्र हेरेर आँसु बगाइन्छ । यो आफूभित्र भएको भावना व्यक्त गर्ने प्राकृतिक तरिका पनि हो । रोएपछि आँखामा पानी मात्र होइन आउने होइन आँखा सुनिएर र रातो भई धेरै मानिसको रोए पछि टाउको दुख्न थाल्छ ।

वैज्ञानिकले भनेका छन् जब कोही व्यक्ति रुन्छ तब उसको भावना बलियो हुन्छ, र रुनुका साथ साथै तनाब ऐग्जाइटी पनि आउने गर्छ । रुने क्रममा शरीरमा जुन भावना निकै बढ्ने कारणले शरीरमा तनाब हर्मोन कार्टिसोल निस्कासन हुने गर्छ । यस दौरानमा दिमागमा न्युरोट्रांसकिर्टस उत्तेजित भएर टाउको दुख्ने गर्छ । खुशीको समयमा रुदाँ टाउको दुख्दैन । तर, नकरात्मक भावनाको कारण रोएमा तपाईको टाउको दुख्ने हुन्छ ।

रोएपछि टाउको दुखाईलाई तीन भागमा बाड्न सकिन्छ

१. तनाबको कारणः यो सामान्य टाउको दुखाई हो । यसमा रोएपछि मांसपेशी टाइट हुने गर्छ र खिच्नु पर्छ । यसको कारण टाउको दुख्नुका साथै काध पनि दुख्ने गर्छ ।

२. माइग्रेनको टाउको दु्खाईः माइग्रेनको टाउको दुखाइृ सामान्य भन्दा बिलकुलै फरक हुने गर्छ । यसमा पुरै टाउको होइन, टाउकोको एक भाग मात्र दुख्ने गर्छ । साथमा उल्टी आउने, चकिलो प्रकाश देख्दा गाह्रो हुने, हो–हल्लाबाट दिक्क लाग्ने हुन्छ ।तपाईलाई माइग्रेन पहिले नै छ भने मात्र । रोएपछि माइग्रेनले सताउँछ ।

३. पिनाशको दुखाईः हाम्रो आँखा, नाक, कान, गाला सबै भित्रैबाट जोडिएको हुन्छ । यहि पिनाश भएको छ भने रोएपछि साइनस एरियामा असर गर्न पनि सक्छ । जब आँसु र म्युकस बन्न लाग्छ जसले तपाईको टाउको माथी प्रेसर बढ्न गई तपाईलाई टाउको दुख्ने गर्छ ।

टाउको दुखाई कम गर्ने उपाय

केही समयका लागि अध्यारो कोठामा आराम गर्ने

आँखामा तातो वा चिसो प्याक राख्ने

अदुवा हालेको चिया पिउने

धेरै पानी पिउने

टाउको दुखाई कम गर्ने औषधी खाने

मैग्निसियम धेरै भएको चिज खाने



प्रतिक्रिया दिनुहोस्