Logo

औषधिकै संक्रमण



काठमाडौँ, २० फागुन । प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल भएको छ । जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका औषधिका कारण संक्रमण भएको पुष्टि भएपछि औषधि व्यवस्था विभाग (डीडीए) ले हालका लागि उक्त ‘ब्याच’ का औषधिको बिक्रीवितरण रोक्ने तयारी गरेको छ ।

गत फागुन ४ र ५ गते प्रसूतिका लागि शल्यक्रिया गरिएकामध्ये तीन जनामा एकै प्रकारको संक्रमण देखिएको थियो । संक्रमण देखिएसँगै अस्पताल प्रशासनले शल्यक्रियाकक्ष फागुन १२ गतेसम्मका लागि बन्द गरेर सरसफाइ गरेको थियो । यस्तै अस्पतालले संक्रमणको स्रोत पत्ता लगाउनका लागि शल्यक्रियामा प्रयोग भएका औषधिलगायत सबै वस्तु, औजार तथा शल्यक्रियाकक्षबाट नमुना संकलन गरेर अनुसन्धान सुरु गरेको थियो ।

तीनमध्ये एक महिला एनएमसीमै उपचाररत छिन् भने दुई जनालाई उपचारार्थ मेडिसिटी अस्पताल भर्ना गरिएको आजको कान्तिपुर दैनिकले प्राथमिकताका साथ समाचार प्रकाशित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्