काठमाडौं, २० फागुन । बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको पूनः मिर्गौला प्रत्यारोपण सफल हुने विश्वास व्यक्त गरेका छन् । त्रिवि शिक्षण अस्पतालले प्रत्यारोपणको लागि सबै तयारी गरेकोले प्रधानमन्त्री अस्पताल भर्ना भएको हुनसक्ने उनले अनुमानपनि सुनाए । सोमबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रत्यारोपणको लागि उमेरले खासै फरक नपर्ने पनि स्पष्ट पारे ।