काठमाडौं, २० फागुन । कोरोना भाइरसको सन्त्रासलाई दृष्टिगत गरी सरकारले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्र सम्पन्न गर्न आव्हान गरेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेसम्म सम्पन्न गरिसक्न आह्वान गरेको हो ।
विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र संत्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउन उपयुक्त हुने भन्दै मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी परीक्षा चैत ५ भित्र सम्पन्न गर्न भनेको हो ।
विज्ञप्तिमा भनिएको छ, विद्यालयमा सभा, समारोह, वार्षिक उत्सवलगायतका जभेला हुने प्रकृतिका कार्यक्रमहरुको आयोजना नगर्न, नगराउन पनि मन्त्रालयले सबैमा आह्वान गर्दछ ।’
सामान्यता १ देखि ९ सम्मको परीक्षा चैतको अन्तसम्ममा सम्पन्न गरी नयाँ शैक्षिक सत्र शुरु गरिन्थ्यो ।