Logo

होलिका दहनको साइत



होली हिन्दुहरुको अत्न्यन्त प्रमुख पर्व हो । होलीको यस पर्वमा निकै हर्षोल्लासपुर्वक मनाउँदै आएको छ । पहिलो दिन होलिकाको दहन वा जलाइन्छ र दोस्रो दिन सबै मानिसहरुले रंग खेल्ने गर्छन ।

शास्त्रमा होलिका दहनको विधि बताएको छ । होलिकाको दहन विधिपुर्वक गर्नाले सौभाग्य प्राप्त हुने र घर कारोबारमा सुख समृद्धिको वास हुने गर्छ ।

२०२० को होलिका दहनकोे शुभ मुर्हत सोमबार फागुन २६ हो । होलिका दहनको दिन ३.०५ बाट राती ११.१७ मिनेटसम्म छ । फागुन २६ को साझसम्म प्रदोषकालमा होलिका दहनको शुभ साइत हो । होलीका दहन गर्नुभन्दा पहिला पुजा गनुर््पर्छ ।

शुभ साइतमा फुल, जल लिएर होलिको पुजा सुरु गर्ने

गोबरबाट बनेको खेलौनको चार माला – पितृ, हनुमान, शीतला र घरपरिवारको नाममा माला एक एक गरी चढाउने

सर्वप्रथम कच्चा धागोले होलिकालाई सात फेरा परिक्रमा गरिदिने, शुद्ध जलले वा अन्य पुजाका सामाग्रीहरु चामल, फुल, काचो धागो, गुड, बेसार, मुंग, नरिवल चढाउने

पुष्पले विधिपुर्वक पुजा गर्ने

पुजा गरेपछि जलले अर्घ चढाउने

सुर्यास्त भएपछि प्रदोषकालमा होलिकामा आगो प्रज्वलित गर्नुपर्दछ । अन्तमा सबै पुरुषलाई टिका लगाई, महिलाहरुले गीत गाई एक अर्कामा रंग लगाई ठुलाको हातबाट आर्शिवाद लिने गरिन्छ ।

होलिका दहनामा घरका सबै सदस्य सहभागी भई चना, केराउ, अलसी आदी हालेर आगोमा तीन पटक परिक्रमा गर्नुपर्दछ । यसले घरमा शुभ हुनेछ ।

होलिका दहनपछि उसको खरानी थोरै भएपनि ल्याएर घरमा राख्नु पर्छ । यसको टिका कुनै महत्वपुर्ण कार्य गर्न लाग्दा महिलाले गर्दनमा र पु्रुषले निधारमा लगाउदा कार्य सफल भई धन सम्पत्ति पनि बृद्धि हुने गर्छ ।



प्रतिक्रिया दिनुहोस्