प्रायः जसो अफिसमा कामका लोडबाट शरीर तनाब ग्रस्त हुने गर्छ । हामी काममा केन्द्रित गर्न पाएका हुदैनौ । यस समयमा हामी निकै थकाई महसुस गर्दछौ, निन्द्रा पनि आउने गर्छ । यस्ता अवस्थामा चीया वा कफि खाने लत हामी धेरैमा छ । अब यो सबै लत छाडेर सिढी चढ्ने र उत्रने गर्नोस यसले तपाईँको तनाब घटाई फूर्तिलो महशुुस गराउँछ ।
तनाब र थकान कम गर्नलाई धेरै चिया, कफि पिउने गर्दा शरीरमा कैफिनको मात्रा बढेर नकरात्मक असर पर्ने थाल्छ । सीढी चढ्दा र ओर्लेदा कुनै साइड इफेक्ट हुँदैन । दैनिक १० मिनेट सीढी चढ्दा र उत्रिदा शरीर भित्र धेरै ऊर्जा प्रवाह हुन्छ, पुरै दिन काममा मन लाग्छ र निन्द्रा पनि राम्रो आउँछ ।
सीढी चढ्दा र उत्रदा शरीरमा एक्सरसाइज हुने गर्छ, शरीरमा स्फुर्ति संञ्चार भई मस्तिष्क तनाब मुक्त रहन्छ । कामका आफ्नो राम्रो ध्यान गई सहकर्मीको साथमा कुशलता वृद्धि गर्न सकिन्छ ।