एक सन्तुलित आहारले सक्रिय जीवनशैली र इच्छा, मानसिक स्वास्थ र तपाईको यौन जीवन बढाउन सक्छ । सन्तुलित आहार नै तपाईको काम इच्छा अर्थात् यौन सुख बढाउन सक्छ । तपाईको यौन शक्ति बढाएर रमाइलो जीवन खुशी साथ बिताउन सक्नुहुन्छ ।
कासाभोना इतिहासको सबैभन्दा प्रसिद्ध प्रेमी मानिन्छन् । उनले बिहानको खाजामा पाँच समुन्द्री खाना खाने गर्छन् । यद्यपि समुन्द्री खाना खाँदा काम गर्ने पावर बढ्छ कि बढ्दैमा कुनै आजसम्म प्रमाण छैन । प्रेम शब्द ग्रीक देवी अफ्रोडाइट बाट जन्मिएको हो । त्यसैले समुन्द्री खानालाई यौन जीवनको भोजनको रुपमा लिइन्छ ।
कस्तुरी जिंकले भरिएको हुन्छ, जुन टेस्सस्टोरोन उत्पादनको लागि आवश्यक पोषक तत्व हो । जिंकले पुरुषको बाझोपनको उपचार गर्न सक्दछ र शुक्राणुको गुणस्तर बढाउँदछ । जिंकको अन्य खानाहरुको स्रोतमा शेलफिस, रातो मासु, काजु, बदाम, कोदो, तिल, दुध, मटर, चिज र रज रहेका छन् ।
डार्क चकलेट
डार्क चकलेट खानाले मानिसमा माया गर्ने एक भावना उत्पन्न हुन्छ, यसमा फिनाइल इथेलामाइन रसायन हुन्छ यसलाई ‘लव केमिकल’ पनि भनिन्छ । शरीरमा सम्बन्ध सुरु भएको केही महिनामा पीइए उत्पन्न हुन्छ जुन डोपामाइन जस्तो राम्रो हर्मोन बनाउँछ र जसले मानब मस्तिष्कमा आनन्द र खुशीको नियन्त्रित गर्ने केन्द्रलाई उत्तेजित गर्दछ ।
चकलेटमा कम मात्रामा पीइए पाइन्छ । र चकलेट खाएपछि सक्रिय रहने तथ्यले जनाएको छ । यसमा कोको रक्त प्रवाहको पनि बढाएर खुशी राख्ने हर्मोन सेरोटोनिनको स्तर बढाउँछ ।
खुर्सानी
अध्ययनबाट खुर्सानीमा कैपसाइसिन हुन्छ, जुन शरीरमा एंडोफिनको मात्रा बढाउने र खुशी राख्ने वाला एक हर्मोन हो । मेटोबालिज्मले शरीरको तापमान र हृदयको गति बढाउँछ जसको अनुभव यौन क्रियाकलाप गर्ने समयमा हुने गर्छ ।