Logo

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण भोलि ९ बजे



काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि विहान ९ बजे मृगौला प्रत्यारोपण हुने भएको छ । उनको मृगौला प्रत्यारोपणको तयारी पूरा भएको त्रिवि शिक्षण अस्पतालका प्राध्यापकले डा. अरुण सायमीले जानकारी दिए ।

‘भोलि विहान ९ बजे प्रधानमन्त्रीज्यूको किड्नी ट्रान्स्प्लान्ट शुरु हुन्छ,’ डा. सायमीले भने, ‘नेपाली टोलीले नै ट्रान्सप्लान्ट गर्ने हो ।’ दुई टोली शल्यक्रियामा तयार रहेको भन्दै एक टोलीले प्रधानमन्त्रीको र अर्को टोलीले डोनरको ट्रान्स्प्लान्ट गर्ने जानकारी दिए ।

ट्रान्स्प्लान्टका लागि विदेशी टोली पनि आएकोबारे सोध्दा डा. सायमीले नेपाली टोलीले नै गर्ने तर विदेशी टोलीलाई पनि तयार राखिएको उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीको आत्मबल उच्च रहेको बताए । प्रधानमन्त्री ढुक्क हुनुभएको समेत बताए । प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणका लागि सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना भएका हुन् । उनको दोस्रोपटक मृगौला प्रत्यारोपण गर्न लागिएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्