Logo

अर्थमन्त्री खतिवडाको राजीनामा स्वीकृत



फाईल तस्बिर/रिपोर्टर्स नेपाल डटकम

काठमाडौं, २० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पदबाट दिनुभएको राजीनामा आज स्वीकृत गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा डा. खतिवडाले सम्हाली आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्