फागुन २०, काठमाण्डौ । पछिल्ला दिनमा नेपालमा कोरोनाको आशंका बढिरहेको छ । यसैबीच कोरोना (कोभिड१९) को आशंकामा टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा दुई जनालाई भर्ना गरिएको छ । कोरोना संक्रमणको आशंकमा उनीहरुलाई आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।
दुई जना बिरामी मध्ये एक जना दक्षिण कोरिया र अर्का मध्यपूर्वबाट आएका हुन् । कोरोना संक्रमणको आशंकमा गत आइतबार पनि ४ जनालाई भर्ना गरिएको थियो । तर उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना नेगेटिभ देािएपछि मंगलबार डिस्चार्ज गरिएको थियो ।
कोरोना भाइरस अर्थात कोभिड नाइन्तिन विश्वभर प्रकोपको रुपमा फैलिरहेको छ । चिनबाट सुरु भएको संक्रमण अहिलेसम्म ७६ देशमा फैलिसकेको छ । कुन बेला कुन देशमा यो भाइरस प्रवेश गर्छ भन्ने ठेगान नै छैन । त्यसैले सचेत रहन विश्व स्वास्थ्य संगठनले अपिल गरेको छ ।