
काठमाडौं, २१ फागुन । सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । आज छापावाल सुन प्रतितोला ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८० हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ८० हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो।
फागुन १२ गते सुनको मूल्य ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसपछि सुनको मूल्य ओरालो लागेको थियो । सुनको मूल्य निरन्तर बढेपछि नेपालम कारोबार ठप्प जस्तै भएको छ ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।