Logo

डलरको मूल्य बढेको बढ्यै



काठमाडौं, २१ फागुन । एक डलर बराबर नेपाली रुपैयाँ ११७ रुपैयाँ ५८ पैसा । यो एक वर्ष यताकै उच्च हो । हरेक दिन डलरको मूल्य बढिरहँदा यो  वर्षकै उच्च हो ।

नेपाल राष्ट्र बैकले बुधबारका लागि प्रति एक अमेरिकी डलरको खरिद दर ११६ रुपैयाँ ९८ पैसा तोकेको छ भने बिक्री दर ११७ रुपैयाँ ५८ पैसा तोकेको छ । गत वर्ष असोज २४ मा प्रति एक डलरको मूल्य ११७ रुपैयाँ २४ पैसा रहेको थियो । त्यस यता डलरको मूल्य घट्दो क्रममा देखिएको थियो । गत वर्ष असोज २४ मा डलरले सर्वाधिक मूल्यको रेकर्ड बनाएको थियो । त्यस दिन प्रति एक डलरको मूल्य ११८ रुपैयाँ ७३ पैसामा उक्लिएको थियो ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा परेको असरले डलरको मूल्य बढेको हो । अर्थतन्त्र सुस्ताउँदै जाँदा लगानीकर्ता सुनको स्टक बढाउने तर्फ लागेका छन् । जसको असर अन्तर्राष्ट्रिय शेयर बजारमा समेत परेको छ । अन्तर्राष्ट्रिय बजारमा शेयरको मूल्यमा गिरावट आउनु र सुनको मूल्यमा वृद्धि हुनुले डलरको मूल्य बढेको हो ।

डलरको मूल्य बढ्दै जाँदा विप्रेषण प्रवाहमा मुलुकलाई फाइदा हुन्छ । विदेशमा भएका नेपालीले पठाउने रकम बढ्छ । विदेशमा रहेका नेपालीले विदेशमा गर्ने खर्चमा मितव्ययिता अपनाउन सक्छन् ।

डलरको मूल्य बढ्दा निर्यातकर्तालाई समेत फाइदा हुन्छ । विदेशी मुद्रामा उनीहरूले बढी आर्जन गर्न सक्छन् । यसले व्यापार घाटाको आकार थप बढ्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्