काठमाडौं, २१ फागुन । आजपनि शेयर कारोबारमा कमी आएको छ । आज १७४ कम्पनीको २९ हजार २३१ पटकको कारोबारमा कूल २ अर्ब ९० करोड ८४ लाख रुपैयाँ बराबरको ६७ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्से परिसूचक घटेको छ ।
नेप्से परिसूचक ४.५४ प्रतिशत घटेर एक हजार ४४१.२० विन्दुमा पुगेको छ। नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ।
सबैभन्दा बढ लघुवित्त कम्पनीहरुकै शेयरमूल्य घटेको छ। वाणिज्य बैंकहरुको मात्रै १ अर्ब १५ करोड ७२ लाख रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ। जीवन बीमा कम्पनीहरुको ५३ करोड २४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।