कपाल फुल्नु ठुलो समस्या होइन । उमेर बढ्दै जाँदा यो प्राकृतिक विषय हो । तैपनि, धेरै मानिस कपाल फुलेपछि चिन्तामा पर्छन् । कतपयको कलिलो उमेरमै कपाल फल्छ । यसले चिन्तामा पर्छन् ।
कपाल फुल्नुको कारण छ । यसलाई बुझ्न जरुरी हुन्छ । कपाल फुल्न नदिने उपायहरु पनि छन् । तर, फुलेको कपाललाई फेरि प्राकृतिक तरिकाले कालो बनाउन भने सकिदैन ।
कपाल फुल्नुका कारण
· आनुवांशिक गुण
· पोषणको अभावका
· भिटामिन बी १२ को कमी
· ठुला रोग जस्तै भिटिलिगो, थाइराइड विकार, एनीमिया
· मानसिक तनावका
· अन्य जीवनशैली विकल्पहरु जस्तै धूम्रपान, कपाल ड्रायरको अधिक प्रयोग
बच्ने उपायहरु
· दिनहुँ सन्तुलित भोजन गर्ने
· भिटामिन बी १२ युक्त आहार जस्तै ताजा फलफुल तथा तरकारीहरु, माछामासु,दुध वा दुधबाट बनेका परिकारहरु
· धुम्रपान गर्ने बानी छोड्ने
· कपालमा करी पातहरुको प्रयोग गर्ने ।