Logo

व्यवसायमा सफलता पाउने सूत्र –चाणक्य निति



सफलता पाउनको लागि हरेक कोहि भरपुर प्रयास गरिरहन्छ । तर कुनै समय कडा मेहेनत गर्दा पनि सफलता मिलेको हुदैन । यस्तो किन भयो त ? चाणक्यले निति केहि निति बनाएका छन्, जसको ज्ञान भएमा तपाईको जीवनमा असफलता झेल्नु पर्ने छैन । आचार्य चाणक्यलाई महान राजनितिज्ञ र नितिका ज्ञाता मानिदै आएको छ ।

चाणक्य भन्छन् जसलाई वर्तमान समय कसरी चलेको बारेमा ज्ञान छ, उही व्यक्ति नै सफल रहन्छ ।

ज्ञानी वा समझदार व्यक्ति त्यही हो, जसले दुखको दिनमा पनि सुखमा झै काम गरी धैर्य राख्न सक्छ ।

आफुभित्र गर्न लागेको काम प्रति कति भित्री शक्ति छ त्यो बारेमा ज्ञान हुनु आवश्यक छ, शक्ति भन्दा धेरै काम हात लिएमा असफलता को सामना गर्नुपर्ने हुन्छ ।

हरेक व्यक्तिको कोहि न कोहि मित्र हुन्छन् । कुनै पनि काम सफल हुनको लागि जानकारी हुन आवश्यक छ कि आफ्नो सच्चा मित्र को हो ? किनकी सच्चा मित्रको मद्दतले सफलता हासिल गर्न सकिन्छ ।

व्यक्तिले जहाँ काम गरेको छ, उक्त ठाउँको बारेमा पुरै जानकारी हुनु पर्दछ, तपाईले आफ्नो कार्य क्षेत्रको सधै ध्यान राख्नु पर्छ । सधै आफ्नो काम प्रति र आफ्नो संस्थाप्रति लाभ मिलाउने ।

व्यक्तिलाई सबैभन्दा पहिले आय व्ययको जानकारी हुनुपर्छ । व्यक्तिको आफ्नो आय अनुसार खर्च गर्नुपर्दछ । यदि आयबाट धेरै खर्च गरेमा दुखमा फसिन्छ ।



प्रतिक्रिया दिनुहोस्