Logo

कोरोनाको असर नेपाली अर्थतन्त्रमा, यसरी हुँदैछ धराशायी



फागुन २२, काठमाण्डौ । कोरोना भाइरसले एकातर्फ मानवीय क्षति भइरहेको छ भने अर्कोतिर अर्थतन्त्र धराशायी बनाइरहेको छ । नेपालमा मानवीय क्षति नभए पनि अर्थतन्त्रमा भने गम्भीर असर परिरहेको छ । भाइरसकै कारण निमार्णधिन ठूला आयोजना अलपत्र परेका छन् भने आयात÷निर्यातमा समेत अबरोध पुगेको छ ।

चीनको बुहान प्रान्तबाट फैलिएको कोराना भाईरसकै कारण नेपालमा सहज र छोटो समयमा नेपाल आयात हुने सामानमा पुर्णरुपमा ठप्प भएको छ । चीनको विभिन्न प्रान्तबाट नेपालमा सामान आयात गर्ने स्थलमार्ग बुहान प्रान्त हुदै आउनु पर्ने भएकाले गत माघ १६ गतेदेखि जोखिम बढेको भन्दै चीन जोड्ने प्रमुख व्यापारिक नाका केरुङ र तातोपानी नाका बन्द गरिएको छ । नाका बन्द भएसंगै नेपाली बजारमा सहज रुपमा पाईने लत्ताकपडा, विद्युतिय सामाग्री लगाएत अन्य बस्तुको आयात ठप्प हुदा अहिले बजारमा ती बस्तुहरुको अभाब सृजना भएको छ ।

चीनबाट वर्षेनि २ अर्ब रुपैयाँभन्दा बढीको सामान नेपाल आयात हुने गरेको छ । विद्युतीय सामग्री, लत्ताकपडा, जुत्ताचप्पल, मेसिनरी औजारलागयतका सामान नेपाल आयात हुदै आएको छ । चीनबाट आउने मेडिकल मास्क, ह्यान्ड स्यानिटाइजर लगायतका सामग्रीको अभाव भएको छ । सोही अभाबको फाइदा उठाउदै अहिले माक्स र सर्जरीको सामानको अत्याधिक मुल्य बृद्धि गरी कालोबजारी समेत शुरू भएको छ । चीनका विभिन्न शहरबाट हुने साताको ६५ वटा उडान गत सातादेखि कटौती भएर आठ वटामात्र उडान हुदै आएको छ ।

कोरोनाका कारण संसारभरिको आवागमन दर घटिरहेको र एअरलाइन्सहरूले उडान स्थगित गरिरहेका छन् । लगातार तीन वर्ष वार्षिक औसत झण्डै ७ प्रतिशतको आर्थिक वृद्धिपछि यो वर्ष अर्थतन्त्रमा केही सुस्तता आउने अनुमान यसअघि नै सार्वजनिक भैसकेका थिए । सरकारले चालु आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने दाबी गरे पनि विभिन्न कारण यो वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा तल झर्ने अनुमान गरिएको छ । देशमा निरन्तर ओरालो लाग्दै गएको अर्थतन्त्रमा कोरोना प्रभावका कारण यो वर्षको आर्थिक वृद्धिमा चाप पर्ने अर्थशास्त्रीहरूको भनाई रहेको छ ।

नेपालमा आयात हुने सामग्री र तिनको मूल्यको श्रृखला कुनै न कुनै रूपमा चीनसँग जोडिएकाले कोरोनाको असर नेपाली अर्थतन्त्रमा प्रत्यक्ष रुपमा पर्ने अर्थविद्हरुको भनाई रहेको छ । ४० हजार नेपाली रहेको दक्षिण कोरियामा कोरोना संक्रमण देखिएपछि नयाँ कामदार पठाउने क्रम स्थगित भएको छ । कोरानाकै कारण नेपालले वर्षेनि भित्राउँदै आएको ८ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी रेमिटेन्सनै नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने आधार हो । रेमिटेन्सका स्रोत मुलुकमै कोरोना फैलियो नेपालको अर्थतन्त्रमा नसोचेको अप्ठ्यारो आर्ने अर्थशास्त्रीहरुको भनाई रहेको छ । सरकारले नेपालमा यस बाट पर्ने असरका बारे बेलैमा मानसिक र भौतिक रुपमा तयार भएर अगाडी बढेको परराष्ष्ट्र मन्त्री प्रदीप ज्ञावालीले बताएका छन् ।

चीनको अर्थतन्त्र शिथिल हुँदा ‘ग्लोबल भ्यालु चेन’ नै विचलनमा परेको विश्लेषण अहिले गरिन थालेको छ । कोरोनाको असरका कारण निजी क्षेत्रले निर्माण गरिरहेका विद्युत् आयोजनाहरूको गति पनि बिथोलिएको छ । कैयौं आयोजनामा चिनियाँ कामदारको अभाव छ भने कतिपयमा चीनबाट टर्वाइनसहितका उपकरण आउन सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्