काठमाडौं, २३ फागुन । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठ कोरोना भाइरसको संक्रमण देशभित्र प्रवेश गर्न नदिन सबै स्वास्थ्य सुरक्षा अबलम्बन गरिएको बताउँछन् । यसकारण कसैलाई नआत्तिन आग्रह गर्छन् । उनीसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः
अहिलेसम्म कतिजनालाई कोरोना संक्रमण भएको छ ?
अहिले संसारभरि कोरोना पैmलिइराखेको छ । त्यो संक्रमण नेपालमा नआओस् भनेर नेपाल सरकारले सचेतनाका केही कदमहरु चालेको छ । ठूला–ठूलाको आयोजना नगर्ने, अन्तर्राष्ट्रिय भ्रमण वा आवजत–जावतलाई रोक्ने जस्ता कुरामा अलि सचेतना बढाउने भन्ने कुराहरु भइराखेको छ । धेरै देशमा यसको प्रकोप बढेको पाइएको छ । नेपालमा पनि केहीलाई परीक्षण गरेका छौं । अहिलेसम्म कसैलाई पनि त्यस्तो रोग लागेको फेला पारेका छैनौं ।
हिजो टेकुबाट भागेर विराटनगर पुगेको विरामीलाई तपाईंहरुले जाँचबुझ गर्नुभएको छ ?
यस्ता मान्छेहरुको हामीले जाँचबुझ र छानविन गरेका छौं । त्यो मान्छेलाई कोरोना लागेको भन्दा पनि ऊ कोरियाबाट आएको हो । कोरियामै उसलाई फोयियामै भएको हो । त्यहाँ रोग देखेर आत्तिएर उसले त्यहाँ आफ्ना सबै कपडाहरु डडाएर फालेर आएको हो । नेपालमा आइसकेपछि ऊ अस्पतालमा बसेको हो उसलाई कुनै पनि चिन्ह र लक्षण छैन ।
किन भागेको त्यो विरामी ?
ऊ आत्तिएर भागेको हो । रोगी र रोग देखेर आत्तिएर कता जाऊ के गरौं भन्ने त्यसै भएर ऊ भागेको हो । उसलाई अस्पतालमा राख्नुपर्ने कुनै लक्ष ज्वरो, खोकी, रुघा केही पनि थिएन ।
त्यसोभए अहिलेसम्म कुनै नेपालीलाई पनि कोरोना संक्रमण भएको छैन ?
अहिलेसम्म नेपालमा कुनै नेपालीमा पनि त्यस्तो खालको संक्रमण फेला पारेका छैनौं । ८-१० जना शंकास्पद मानिसहरुलाई एयरपोर्टबाट अस्पतालमा परीक्षण गरिरहेका छौं । तिनीहरुमा त्यस्तो संक्रमण पाइएको छैन । कोरोनाको लक्षणहरु कुनैमा देखिएको छैन नेपालमा ।
विरामीहरु त धेरै देखिन थाले ?
यो मौसम परिवर्तनको बेला सामान्य रुघा, खोकी लाग्छ । तर, कोरोना चाहीं अहिलेसम्म पत्ता लागेको छैन ।
कोरोना चाहीं कसैलाई पनि भेटिएको छैन हो ?
कोरोना भाइरस चाहीं पटक्कै भेटिएको छैन ।
तपाईंहरुले लुकाउनुभएको त होइन नि ?
हामीले लुकाउनुपर्ने कारण नै छैन । यो लुकाउनै हुँदैन । लुकाउनसाथ झन् यसको प्रभाव नराम्रो पर्छ । त्यसैले यो लुकाउने कुरा होइन । यसको बारेमा सत्य, तथ्य कुराहरु मात्रै राख्ने । सचेतना अपनाउने नाममा मानिसमा भयत्रास पनि नपैmलियोस् । भनेर हामीले एकदमै सत्य, तथ्य समाचार बाहिर ल्याएका छौं । यसको बारेमा विभिन्न सञ्चार माध्यममार्पmत यसबारे जनतालाई सुसूचित गराइराखेका छौं ।
भारत र चाइनासँग जोडिएको जिल्लाहरुमा सरकारले उच्च सतर्ककता अपनाउने भनेको हल्ला मात्रै हो काम पनि भएको छ ?
उच्च सतर्कता अपनाउने । अपनाउनलाई काम पनि गर्ने । त्यसका लागि आवश्यक मान्छेहरु खटाउने, त्यहाँ परीक्षणहरु हुनुप¥यो । यहाँभित्र कोही छि¥यो कि त्यसको खोज पडताल हुनुपर्छ । यस्तो रोग छ भन्ने सानोतिनो जानकारी मात्रै पाइयो भने पनि त्यसले तुरुन्त पत्तलगाउन र नियन्त्रण गर्न सकिन्छ । एउटालाई लागि हाल्यो भने पनि धेरैलाई सर्दैन । विरामी हुनेबित्तिकै रोगको पत्ता लाग्यो भने त्यसको उपचार गर्न सकिन्छ । त्यसको लागि हामीले सबै संयन्त्रहरु प्रयोग गरिराखेका छौं ।
तपाईंहरुको संयन्त्रहरुले काम गरेको छ ?
एकदमै राम्रो काम गरेको मान्नुपर्छ । काम नगरेको भए रोग धेरै पैmलिइसक्थ्यो । एक चोटी त नेपालमा पनि रोग आएको हो । त्यसलाई हामीले तुरुन्तै आइसुलेसन गरेर नियन्त्रणमा राख्यौं । त्यसकारण सतर्ककता अपनाउनुपर्ने बेला भएको छ ।
भारतले त औषधिको आयातमा पनि रोक लगायो नि ?
उसले २६ वटा औषधिमा हामी आयात गर्छौ भनेको छ । त्यसपछि भारतका लागि हाम्रो नेपाली राजदूतावासको अनुरोध पनि नेपालको समस्याको लागि हामी छुट गरिदिने भनेको छ । नेपालका औषधि उद्योगहरुले पनि नेपालका लागि ३÷४ महिनालाई पुग्ने औषधिहरु हामीसँग छ भनेको छ । भारतले तपाईंहरुका लागि हामी केही छुट गर्छौं भनेकाले त्यो अनुरोध हामी पठाउँदैछौैं ।
त्यसोभए नेपालका भारतले औषधि पठाउँछ ?
नेपालको लागि हामी खुकुल हुन्छौं भनेर दिल्लीमा राजदूतलाई जानकारी गराउनुभएको छ ।
यसोभए राजदूतले पहल गर्नुभएको छ हो ?
नेपालमा औषधिको समस्या हुँदैन । हुनुहुँदैन भनेर हामी दत्तचित्त भएर लागिरहेको अवस्था छ ।
भारतले तपाईंहरुले भनेअनुसार औषधि दिन्छ कि दिँदैन ?
यसलाई आवश्यक ६ प्रकारका औषधिहरु हुन् । त्यो उहाँहरुले उपलब्ध गराउन सक्दैनौं भन्ने कुरा थियो । हामीले अनुरोध गरेपछि हुन्छ भन्ने कुरा आएको छ ।
औषधि दिनेमा सकारात्मक सन्देश आएको छ ?
आएको छ ।
अहिले कोरोनोको प्रभावले अर्थतन्त्र एकदमै ओरालो लागेको यसलाई तपाईंहरुले कसरी समीक्षा गर्नूभएको ?
कोभित १९ को नियमनको लागि जसरी उच्च स्तरीय संयन्त्र बनेको छ । त्यसमा उप्रधानमन्त्री र अर्थमन्त्री पनि त्यो समितिमा ह्ुनुहुन्छ । यसले अहिले संसारभरिको अर्थतन्त्रमा ठूलो असर पारेको छ । यसले संसारको आर्थिक बृद्धिदरमा २ प्रतिशतसम्म असर पार्न सक्ने आँकलन गरिएको छ । खर्बौ–अर्ब डलरको क्षति भएको छ । त्यसैले यसले अर्थतन्त्रमा ठूलो असर पारेको छ । त्यसबाट बँचाउनका लागि प्रयास गर्नुपर्छ । नेपालमा यो रोग देखियो र २०-३० वटा विरामी मात्रै यहाँ आए भने पनि असाध्यै नराम्रो प्रभाव पर्छ । किन भने भूपरि ब्रेष्ठित देश भएकाले धेरै कुरामा परनिर्भर छौं । उत्पादनहरु हामीलाई पुग्ने छैन । त्यस हुनाले धेरै प्रभाव पर्छ त्यसैले नियन्त्रणका सबै उपयहरु अवलम्बन गरिरहेका छौं ।
दर्जनौं आयोजना प्रभावित छ, होली नमनाउने भन्नुभयो किन ?
त्यस्ता ठूला–ठूला आयोजनाहरु जहाँ विदेशी विशेषज्ञ कामदारहरु हुनुहुन्छ । बाहिरबाट आउनुहुन्छ भने उहाँहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि केही छैन भन्ने भएपछि मात्रै काममा जानुहोस् भनिन्छ । त्यसको लागि सरकारले अभैm अध्ययनहरु गर्दैछ । जहासम्म होलीको कुरा गर्नुभएको छ । होलीमा धेरै अबिर, पानी खेल्ने गरिन्छ । त्यसरी रंग, पानी, छ्यापाछ्याप गर्दा रुघा, खोकीको प्रकोप बढ्न सक्छ । त्यसैले त्यसलाई घटाउने भनेको हो । यस्ता कुरा हरेक वर्ष अनुभव गरेको कुरा हो । अहिले फेरि सिजन पनि ठीक छैन । त्यसमाथि कोरोनाको पनि प्रकोप भइरहेकाले उछृंखल तरिकाले होली नखेलौ भनेर नेपाल सरकारले आह्वान गरेको छ ।
त्यसोभए तपार्इंं होली चोक, गल्ली, सडकमा नखेल्नका लागि आग्रह गर्नुभएको छ ?
हो, त्यसरी भीडभाडमा, सार्वजनिक ठाउँमा र सडक, गल्लीमा नखेल्नको लागि आग्रह गरेका छौं ।
आ–आफ्नो घरपरिवारभित्र पाउँछन् ?
घरभित्र पनि सामान्य तरिकाले बस्ने, खाने, रमाइलो गर्ने गर्न पाए । तर, जथाभावी रङ, पानी छ्याप्न पाएनन् । सार्वजनिक स्थालमा होलाहल्ला गर्ने पानी, रंंग फाल्ने कामले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले त्यसलाई रोक लगाइएको हो । यसबाट कोरोना लाग्ने होइन कि रुघा, खोकी लाग्ने ज्वरो आउने भएकाले कोरोनाको आशंका हुने भएकाले त्यसलाई रोक लगाइएको हो ।
स्कुल, कलेज बन्द हुन्छ कि के गर्छ ?
स्कुल, कलेजहरु बन्द हुँदैन । त्यसो गर्नुपर्ने अवस्था अहिले छैन । किन छैन भने अहिलेसम्म आन्तरिक विरामीहरु देखिएका छैनन् । जुन स्कुल, कलेजमा पढ्ने विद्यार्थीहरु हुन् उनीहरु कुनै ठाउँमा घुम्न गएको अवस्था पनि छैन । कुनै बेला त्यस्तो अवस्था भनौला तर अहिले नै बिन्द गर्नुपर्ने अवस्था छैन ।
माक्सको कालोबजारी गर्नेलाई तपाईंहरुले कारबाही गर्न सक्नुभएन नि ?
माक्सको कालोबजारी गर्नेहरुको बजार अनुगमन भइराखेको छ । त्यस्तो गर्नेहरु पक्राउ खानुहुन्छ । उत्पादनमा के कस्तो समस्या त्यसलाई पनि सहजीकरण गर्नतिर लाग्छौं ।
जताततै अभाव माक्सको ?
तपाईंले भनेको ठिकै हो । अहिले अभाव पनि छ । तर सबै जनतालाई माक्सको आवश्यकता पनि छैन । जो मान्छे बिरामीको सम्पर्कमा छ, उसलाई मात्रै माक्स चाहिने हो । रुघा, खोकी लागेको मान्छे माक्स लगाउनुपर्छ, स्वास्थ्यकर्मीहरु माक्स लगाउनुपर्छ । तर, आमजनताले माक्स लगाउनुपर्ने जरुरी छैन । माक्सका फाइदा बेफाइदा छन् । त्यत्तिकै माक्स लगाएर हिड्दा त्यसमा धूलोहरु, किटाणुहरु जमेर बसेको हुन्छ । दिनभरि लगाएर बेलुका बिर्सजन गरिएन भने त्यसबाट छुट्टै प्रभाव पर्छ । माक्सको सहज आपूर्तिको लागि सरकारले आवश्यक पहलहरु ग्रिराखेको छ ।
माक्सको अभाव हुँदैन ?
हुँदैन, त्यो अभाव रोक्नलाई उपायहरु अपनाइसकेका छौं । अब माक्स जति पनि आउछ ।
अब ठूला–ठूला खेलहरु नहुने हो ?
खेलकुद पनि धेरै देशहरुले स्थिगित गरेका छन् । त्यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय मान्छे आउने, भेलाहुने भएकाले त्यसलाई स्थगित गरेको होला । जस्तो एउटा कोरियाको अनुभव छ, त्यहाँ एउटा चर्चमा ९ हजार हाराहारी मान्छे हुनुहुँदो रहेछ । त्यहीं चर्चबाट रोग पैmलियो । त्यसैले एउटा मान्छे विदेशबाट प्रभावित भएको आएको छ उसले भीडभाडमा गएर धेरै रोग सारिदियो भने सबै प्रभावित हुन्छन् भनेर सचेतनाका लागि भिडभाडमा रोग लगाइएको हो । बाहिर भएका मान्छेहरु विभिन्न माध्यमबाट आएका हुन्छ । एयरपोर्ट भएर आएकालाई चेकजाँच गरेका छौं । कतिपय अन्य माध्यमबाट पनि आएका हुन्छन् । एक जना रोग लागेको मान्छे आएर भिडभाडमा गएर रोग सारिदियो भने कोरियाको जस्तो भयाभव स्थिति आउँछ भनेर रोक लगाइएको हो । त्यसलाई रोग नियन्त्रण हुनासथ सुचारु बनाइन्छ ।