Logo

मेगा बैंकद्वारा धरानमा वित्तीय साक्षरता



काठमाडौ, फागुन २३ । मेगा बैंक नेपाल लिमिटेडले वित्तीय जागरण गराउने उद्देश्यले मुलुकभरका विभिन्न जिल्लामा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आएको छ । यस क्रममा मेगा बैंकले सुनसरीको धरानमा विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी प्रदान गरेको हो । उक्त कार्यक्रममा मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठद्वारा विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभावलगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको बैंकले जनाएको छ ।

‘बैंक अफ दि इयर, २०१९’ बाट पुरस्कृत भएको मेगा बैंकले यसअघि बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणलगायतका विषयमा विभिन्न जिल्लामा विद्यार्थी, व्यवसायी, सैनिकलगायतलाई साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्