Logo

सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग



काठमाडौ, फागुन २३ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दीको गलेश्वर माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीस्थित गलेश्वर माविलाई ५० हजारको आर्थिक सहायता प्रदान गरेको हो ।

विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव २५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको बैंकले जनाएको छ । उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने बताइएको छ । शुद्ध खानेपानीको अभावमा पठनपाठनमा भइरहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले हालसम्म मुलुकभर फैलिएका आफ्ना ९३ वटा शाखा कार्यालय, ९० वटा एटीएम काउन्टर तथा १०३ वटा शाखारहित बैंकिङ इकाईहरुमार्फत् आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्