Logo

ग्लोबल आईएमईको टपअप मुद्दती निक्षेप



काठमाडौ, फागुन २३ । ग्लोबल आइएमई बैंक लिमिटेडले नियमित बचतका लागि उत्प्रेरित गर्ने उद्देश्यले ग्लोबल टपअप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । निक्षेपकर्तालाई उच्च प्रतिफल प्रदान गर्दै नियमित बचतका लागि आकर्षित गर्न बैंकले अघि सारेको यस योजनामा न्यूनतम १० हजार रुपैयाँमा सहभागी हुन सकिने छ ।

जसअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिनादेखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै यस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर गरी उक्त समयावधिभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधासमेत रहेको बताइएको छ ।

ग्लोबल आईएमई बैंकले हाल देशभर २७० शाखा कार्यालय, २४९ शाखारहित बैंकिङ इकाई, ३४ एक्सटेन्सन काउन्टर तथा २५७ एटीएम काउन्टरमार्फत् आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्